आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

कोलकाताविरुद्ध हैदराबादको कीर्तिमानी रन वर्षा

आइतबार, ११ जेठ २०८२, २१ : ३४
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • हेनरिच क्लासनको शतकको मद्दतले सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध २७८ रन बनायो।
  • क्लासनले ३९ बलमा १०४ रन बनाए, जसमा ७ चौका र ९ छक्का सामेल थिए।
  • अभिषेक शर्मा र ट्राभिस हेडले पनि उत्कृष्ट प्रदर्शन गरे, तर खेलमा हैदराबादले जित हासिल गर्न सकेन।

नयाँ दिल्ली । हेनरिच क्लासनको शानदार शतकको मद्दतले सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध रनको वर्षा गरेको छ । आइतबार अरुण जेट्ली स्टेडियममा जारी खेलमा हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको हो ।

आईपीएलको इतिहासमा कुनै पनि टोलीले बनाएको यो तेस्रो ठुलो स्कोर पनि रहेको छ । आईपीएलमा शीर्ष चार उच्च स्कोर हैदराबादकै नाममा रहेको छ । क्लासनले तीव्र गतिमा रन बनाउँदै मात्र ३९ बलमा १ सय ५ रन बनाए । उनले ७ चौका र ९ छक्का प्रहार गरे । 

यसअघि, अभिषेक शर्मा र ट्राभिस हेडले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले मात्र ६.५ ओभरमा ९२ रनको साझेदारी गरे । शर्माले १६ बलमा ४ चौका र २ छक्काको मद्दतले ३२ रन जोड्दै सुनिल नरेनको बलमा आउट भए ।

हेडले त्यसपछि क्लासेनसँग ३५ बलमा ८३ रनको साझेदारी गरे । उनले ४० बलमा ७६ रन बनाए । यस क्रममा उनले ६ चौका र ६ छक्का प्रहार गरे । अनिकेत वर्माले ६ बलमा १२ रन जोडे । कोलकाताका लागि सुनिल नरेनले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । वैभव अरोराले १ विकेट हात पारे ।

दुवै टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेका छन् । कोलकाता १३ खेलबाट १२ अंक बटुल्दै सातौँ स्थानमा रहेको छ । हैदराबादले समान खेलबाट ११ अंकसहित आठौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप