कोलकाताविरुद्ध हैदराबादको कीर्तिमानी रन वर्षा
सारांश
- हेनरिच क्लासनको शतकको मद्दतले सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध २७८ रन बनायो।
- क्लासनले ३९ बलमा १०४ रन बनाए, जसमा ७ चौका र ९ छक्का सामेल थिए।
- अभिषेक शर्मा र ट्राभिस हेडले पनि उत्कृष्ट प्रदर्शन गरे, तर खेलमा हैदराबादले जित हासिल गर्न सकेन।
नयाँ दिल्ली । हेनरिच क्लासनको शानदार शतकको मद्दतले सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध रनको वर्षा गरेको छ । आइतबार अरुण जेट्ली स्टेडियममा जारी खेलमा हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको हो ।
आईपीएलको इतिहासमा कुनै पनि टोलीले बनाएको यो तेस्रो ठुलो स्कोर पनि रहेको छ । आईपीएलमा शीर्ष चार उच्च स्कोर हैदराबादकै नाममा रहेको छ । क्लासनले तीव्र गतिमा रन बनाउँदै मात्र ३९ बलमा १ सय ५ रन बनाए । उनले ७ चौका र ९ छक्का प्रहार गरे ।
यसअघि, अभिषेक शर्मा र ट्राभिस हेडले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुवैले मात्र ६.५ ओभरमा ९२ रनको साझेदारी गरे । शर्माले १६ बलमा ४ चौका र २ छक्काको मद्दतले ३२ रन जोड्दै सुनिल नरेनको बलमा आउट भए ।
हेडले त्यसपछि क्लासेनसँग ३५ बलमा ८३ रनको साझेदारी गरे । उनले ४० बलमा ७६ रन बनाए । यस क्रममा उनले ६ चौका र ६ छक्का प्रहार गरे । अनिकेत वर्माले ६ बलमा १२ रन जोडे । कोलकाताका लागि सुनिल नरेनले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । वैभव अरोराले १ विकेट हात पारे ।
दुवै टोली यसअघि नै प्लेअफको दौडबाट बाहिरिइसकेका छन् । कोलकाता १३ खेलबाट १२ अंक बटुल्दै सातौँ स्थानमा रहेको छ । हैदराबादले समान खेलबाट ११ अंकसहित आठौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण