साउदी अरबमा रक्सीमाथिको प्रतिबन्ध नहटाइने

समाचार सारांश
- साउदी अरबमा मदिरामाथिको प्रतिबन्ध हटाइने हल्लाको खण्डन गरिएको छ।
- २०३४ को विश्वकप आयोजनाको अवसरमा मदिरा बिक्री खुला गर्ने चर्चा चले पनि साउदी अधिकारीले अस्वीकार गरे।
- साउदी अरबले पर्यटन र व्यापारलाई बढावा दिन केही प्रतिबन्ध खुकुलो पारेको छ, तर मदिरामाथिको प्रतिबन्ध कायमै छ।
साउदी अरब । साउदी अरबमा मदिरामाथिको प्रतिबन्ध नहटाइने भएको छ । सञ्चार माध्यममा छापिएका खबरहरूको खण्डन गर्दै एक साउदी अधिकारीले यस्तो बताएका हुन् ।
२०३४ मा साउदीले फुटबल विश्वकप आयोजना गर्ने र यस क्रममा यहाँ मदिरा बिक्रीमा ७३ वर्ष पुरानो प्रतिबन्ध हटाइने सञ्चार माध्यमले उल्लेख गरेका थिए । साउदी अरबमा मुस्लिमहरूका लागि मदिरा पिउन निषेध गरिएको छ ।
आफ्नो अर्थतन्त्रलाई विविधीकरण गर्ने र तेलमाथिको निर्भरता कम गर्ने योजनाको एक भागको रूपमा साउदीले पर्यटक र अन्तर्राष्ट्रिय व्यापारिक व्यक्तिहरूलाई आकर्षित गर्न हालैका वर्षमा केही प्रतिबन्धहरू खुकुलो पारेको छ ।
तर यहाँ अझै पनि मदिरा पिउन बन्देज छ । साउदी अरबका नेता युवराज मोहम्मद बिनले पछिल्लो वर्षमा धेरै परिवर्तन गरेका छन् । यसमा २०१७ मा महिलाहरूलाई गाडी चलाउन लगाइएको प्रतिबन्ध हटाउने, सार्वजनिक स्थानहरूमा केही लैङ्गिक पृथकीकरण नियमहरू खुकुलो पार्ने र धार्मिक प्रहरीको शक्ति घटाउने समावेश छ । राजकुमार दुई पवित्र मस्जिदहरू मक्का र मदिनाको संरक्षक पनि हुन् ।
मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको साउदी अरब र कुवेत दुई मात्रै खाडी देशहरू हुन् । गत वर्ष राजधानी रियादमा पहिलो मदिरा पसल खुलेपछि यहाँ मदिरा सेवनलाई अनुमति दिने दिशामा एउटा सानो कदम चालिएको बताइन्छ । तर सो पसल गैर–मुस्लिम कूटनीतिज्ञका लागि मात्रै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट