सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जब स्टेजमा जेनिफर लोपेजले महिला डान्सरलाई चुम्बन गरिन्...

मङ्गलबार, १३ जेठ २०८२, २० : ३५
मङ्गलबार, १३ जेठ २०८२

लास भेगास । गायिका तथा अभिनेत्री जेनिफर लोपेजले २०२५ को अमेरिकन म्युजिक अवार्ड्स (एएमए) मा लास भेगासमा आयोजित उद्घाटन प्रस्तुतिको क्रममा सबै दर्शकहरूलाई चकित पारेकी छन् । उनले आफ्नो प्रस्तुतिका क्रममा आफ्ना ब्याक-अप डान्सरहरूलाई चुम्बन गरेकी हुन्। 

यो क्षण अभिनेता बेन एफ्लेकसँगको उनको हालैको चर्चित सम्बन्ध विच्छेदपछि आएको हो। सोमबार, जेनिफरले अवार्ड शोको सुरुवात आफ्नो २०१२ को हिट गीत डान्स अगेनको स्लो भर्सनबाट गरिन् । त्यसपछि सम्पूर्ण शोको झलक दिने एक मोन्टाज प्रस्तुत गरियो।

उनले यस वर्षका चर्चित गीतहरूमा नृत्य गर्दै आफ्नो प्रस्तुति अघि बढाइन्, जसमा केन्ड्रिक लमारको नट लाइक अस, बड बन्नीको नुएभायोल र बिली आइलिशको बर्ड्स अफ अ फेदर समावेश थिए। त्यसैगरी डोइचिको डिनायल इज अ रिभर, शाबुजी र ब्रुनो मार्स तथा रोजेले गाएको एपीटी गीतमा पनि उनले प्रस्तुति दिइन्।

तर सबैभन्दा बढी चर्चा पाएको क्षण भनेको जेनिफरले आफ्नो प्रदर्शनको दौरान महिला र पुरुष दुवै डान्सरहरूलाई चुम्बन गरेकी थिइन्। टेडी स्विम्सको लुज कन्ट्रोलको धुनमा नृत्य गर्दै उनले चुम्बन सुरु गरिन् । अन्त्यमा केन्ड्रिक लमारको नट लाइक अस र टीभी अफको म्यास-अपसहित प्रदर्शन टुङ्ग्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप