भारतीय अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर
काठमाडौँ । भारतीय चर्चित अभिनेत्री दीपिका कक्कडलाई क्यान्सर भएको छ । ‘ससुराल सिमर का’ लगायत सुपरहिट टिभी सिरियलबाट चर्चा बटुलेकी अभिनेत्रीलाई दोस्रो चरणको कलेजोको क्यान्सर भएको हो ।
दीपिकाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक पोस्ट मार्फत आफ्नो रोगको बारेमा जानकारी दिएकी हुन् । आफूलाई केही हप्तादेखि पेटको माथिल्लो भागमा दुखिरहेको अनि त्यसपछि जाँच गर्दा कलेजोमा टेनिस बल आकारको ट्युमर भेटिएको पोष्टमा उनले लेखेकी छिन् ।
परीक्षणले ट्युमर क्यान्सर भएको र क्यान्सर स्टेज २ मा रहेको देखाएको पनि उनले बताइन् । ‘यो हाम्रो जीवनको सबैभन्दा कठिन समय हो... तर यो लडाईं पूर्ण सकारात्मकता र साहसका साथ लड्न म तयार छुँ । इन्शाअल्लाह, म यसलाई जित्नेछुँ,’ दीपिकाले लेखेकी छिन् ।
दीपिकाको यो पोस्टमा टिभी उद्योगका कलाकारहरू उनको समर्थनमा अगाडि आएका छन् । सबैले उनलाई माया, साहस र प्रार्थनाको साथमा शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
हालै ‘सेलिब्रेटी मास्टरशेफ’मा दीपिका सँगै देखिएका गौरव खन्नाले पनि अभिनेत्रीलाई बलियो रहन भन्दै कमेन्ट गरेका छन् । ‘दीपिका... हाम्रा सबै प्रार्थनाहरू तपाईंसँगै छन्.... तपाईं यो लडाईं पक्कै जित्नुहुनेछ,’ कमेन्टमा गौरवले लेखेका छन् ।
श्रद्धा आर्य, अविका गौर, आरती सिंह, काम्या पञ्जाबी, गौहर खान, हिमांसी खुराना, करणवीर शर्मा र टीना दत्ता जस्ता धेरै स्टारहरूले पनि दीपिकालाई कमेन्ट मार्फत शीघ्र स्वास्थ्य लाभकाे कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण