मुग्लिङ-पोखरा सडक विस्तार: विजयपुरमा यसरी हुँदैछ काम
शुक्रबार, १६ जेठ २०८२, ०७ : ०८
_kSv4fgbf6T.jpg)
समाचार सारांश
- मुग्लिङ-पोखरा सडक विस्तारको काम तीव्र गतिमा भइरहेको छ, जसले काठमाडौंलाई पोखरासँग जोड्नेछ।
- सडकलाई दुई लेनबाट चार लेनमा विस्तार गर्न पूर्वी र पश्चिम खण्डमा विभाजन गरी काम भइरहेको छ।
- सडक विस्तार आयोजना अन्तर्गत, पूर्वी खण्डमा ८०% र पश्चिम खण्डमा ५०% काम सम्पन्न भइसकेको छ। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोग रहेको छ।
काठमाडौँ । काठमाडौँलाई पोखरासँग जोड्ने मुग्लिङ-पोखरा सडक विस्तारको काम धमाधम भइरहेको छ ।
दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न लागिएको हो। यो सडकलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको छ।
मुग्लिङ-पोखरा सडक विस्तार आयोजनाले तनहुँको जामुनेदेखि मुग्लिनसम्म ४१.४५ किमीलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३८.८ किमी सडकलाई पश्चिम खण्डमा विभाजन गरेर ठेक्का लगाएको थियो। जसअनुसार त्यहाँ अहिले धमाधम काम भइरहेको हो ।
पूर्वी खण्डमा ८० प्रतिशत र पश्चिम खण्डमा ५० प्रतिशत काम सकिएको बताइएको छ। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनमा विस्तार गरिएको हो।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
दिव्या भारती : १९ वर्षको उमेरमा बलिउडको शिखर चुम्ने अभिनेत्री
-
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु
-
टूथब्रसले खोल्यो श्रीमानले धोका दिइरहेको पोल
-
अण्डाको मूल्य बढेपछि किसानलाई राहत
-
स्वस्थ मानिसलाई गम्भीर रोग लागेको भन्दै महँगो उपचार गराउने डाक्टरलाई जेल सजाय