डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
आइतबार, १८ जेठ २०८२, १२ : २२

समाचार सारांश
- डोटीको केआईसिंह गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका आठ जनाको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये एक जनाको अवस्था गम्भीर छ।
- दुर्घटना बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा भएको हो।
डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
-
गणेश रसिकलाई नेता र सङ्गीतकर्मीले दिए अन्तिम अन्तिम श्रद्धाञ्जली
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल
-
पहिलो पटक च्याम्पियन बन्ने धुनमा रहेका बेंगलुरु र पन्जाब आपसमा भिड्दै
-
मङ्गोलियाका प्रधानमन्त्रीले दिए राजीनामा
-
किन बसेन नेकपाको केन्द्रीय समिति बैठक ?