कविता राई गाउँलेको कविता सङ्ग्रह ‘फाटकको घाम’ सार्वजनिक

इलाम । कवि कविता राई गाउँलेको कवितासंग्रह ‘फाटकमा घाम’ विमोचन भएको छ ।
कवि गाउँलेको गृहजिल्ला इलामको फिक्कलमा ‘फाटकमा घाम’ सार्वजनिक भएको हो ।
कार्यक्रममा कवि मनप्रसाद सुब्बा, प्राज्ञ राजन मुकारुङ, कवि राई लगायतले पुस्तकको विमोचन गरेका थिए ।
प्रमुख अतिथिको रुपमा रहेका सुब्बाले पुस्तकमाथि चर्चा गर्दै भने, ‘कविले फाटकका घाममा जनजीविकाका सवाल बडो मज्जाले ल्याउनुभएको छ । यही कारण यो कवितासंग्रह विशेष बनेको छ ।’
त्यस्तै सिक्किमका कवि प्रवीण खालिङले राईका कुनै कुनै कविता आफ्नै घरभित्रको कथाजस्तो लाग्ने बताए । उनले भने, ‘नारीवादी कविता भएर पनि उहाँका कवितामा कुनै पनि किसिमको उग्रता छैन । साथै उहाँले बिम्बका रुपमा पनि वरिपरिका मौसम, डाँडाकाँडा र विशेष ढुंगालाई प्रयोग गर्नुभएको छ ।’
कवितासंग्रहका सर्जक गाउँलेले आफूले देखेको, भोगेको कुरालाई सहज र सरल ढंगले कवितामा उतारेको बताइन् । उनले भनिन्, ‘समाजका विभिन्न पक्षलाई समेटेर संग्रहको रुपमा प्रकाशन गरेको हुँ । पाठकले मनपराइदिनुहुन्छ भन्नेमा विश्वास्त छु ।’
कार्यक्रममा कवि देवान किराती, बिमल बैद्य, कृष्ण बराल, राजन मुकारुङ लगायतले कविता संग्रहमा समेटिएका कविता बाचन गरेका थिए । कविता संग्रहलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।
२०४८ सालबाट कविता लेखन सुरु गरेकी गाउँलेको ‘फाटकका घाम’ पहिलो कवितासंग्रह हो । यस कृतिमा उनका ४९ वटा कविता समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?