चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल हुनेछ । यसै गरी बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा हिन्दकुश हिमालयको सम्मेलन र समितिको समसामयिक विषय तथा आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर
-
भूकम्पको त्रासबिच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार
-
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
-
अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’
-
मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
-
१२ बजे १२ समाचार: भिजिट भिसा प्रकरणमा बिचौलिया दोषी ठहर कर्मचारीलाई सफाइ, बेंगलुरु आईपीएल च्याम्पियन