९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
सारांश
- दार्चुलाको व्यास गाउँपालिकाका वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै नागरिकता वितरण गरिएको छ।
- सहायक प्रमुख जिल्ला अधिकारीको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो, जसमा लालुदेवी भट्टले खुशी व्यक्त गरिन्।
- गाउँपालिकाको आग्रहमा, सदरमुकाम आउन नसक्ने व्यक्तिहरूलाई लक्षित गरी नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो।
दार्चुला । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्यास गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । व्यास –६ का ९७ वर्षीय लालुदेवी भट्टले नागरिकता पाएपछि भनिन्, “घरमै नागरिकता पाउँदा खुसी लागेको छ । ”
जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुरूप उनीहरूलाई पायक पर्ने स्थानैमै पुगेर नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिए ।
टोलीले व्यास –३, ४, ५ र ६ का एक सय ६१ जनालाई नागरिकता र दुई सय पाँच जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । नागरिकता पाउनेमा एक सय ३८ ज्येष्ठ नागरिक, दुई जना अपाङ्गता भएका व्यक्ति रहेको थिए । राष्ट्रिय परिचयपत्र वितरणअन्तर्गत एक सय ९७ ज्येष्ठ नागरिक र पाँच जना अपाङ्गता भएका व्यक्ति छन् ।
व्यास गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताए । सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । गाउँपालिकाबाट सदरमुकाम खलङ्गा आउन एकतर्फी गाडी भाडामात्र रु एक हजार लाग्छ भने आवतजावत गर्न कम्तीमा रु तीन–चार हजार खर्च गराउनुभन्दा पालिकाले समन्वय गरेर गाउँमै नागरिकता उपलब्ध गराउने व्यवस्थापन गरिएको प्रवक्ता धामीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा भारतीय सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन
-
पासपोर्ट विभागका डीजीलाई सुरुमा प्रधानमन्त्री कार्यालयमा बोलावट, त्यसपछि अख्तियारको जिम्मा
-
एमालेको ऐना पुछ्ने प्रवृत्ति र चुनावी समीक्षाको यथार्थ
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
टुँडिखेलमा धमाधम सारिँदै छ दुबो (तस्बिरहरू)
-
बेलायतले खोस्यो रुसको छद्म तेल ट्याङ्कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण