सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

संसद् बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

मङ्गलबार, २० जेठ २०८२, ०८ : ४९
मङ्गलबार, २० जेठ २०८२

काठमाडौँ । प्रतिनिधि सभा बैठक अघि विपक्षी दलहरूको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बस्न लागेको हो । 

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत विपक्षी दलको बैठक बस्न लागेको हो । गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने उनीहरूको तयारी छ । 

संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सदनको अवरोध खोल्न हिजो शीर्ष तीन दलको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप