बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

आज पनि उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा

मङ्गलबार, २० जेठ २०८२, १२ : ३६
मङ्गलबार, २० जेठ २०८२

समाचार सारांश

  • काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन बन्द भएपछि यात्रुको सुविधाका लागि सशस्त्र प्रहरीले मंगलबार दुई बस सञ्चालन गरेको छ।
  • सशस्त्र प्रहरी बलले स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क र कोटेश्वर रुटमा एउटा बस चलाएको छ भने अर्को बस रिङरोड परिक्रमा गर्नेछ।
  • यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ।

 काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले मंगलबार पनि २ वटा बस सञ्चालन गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा  बस स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।

सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरूलाई गन्तव्य सम्म पुर्‍याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको  सशस्त्र प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?