सुदूरपश्चिम लगानी सम्मेलनको पूर्व तयारी बैठकलाई मन्त्री राणाले सम्बोधन गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी बैठकलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सम्बोधन गर्ने भएकी छन् ।
सम्बोधनका लागि उनी बुद्ध एयरको नियमित उडानमार्फत मंगलबार धनगढी पुगेकी छन् । विमानस्थलमा मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले मन्त्री राणालाई स्वागत गरे ।
मंगलबार र बुधबार (जेठ २० र २१) सम्म सञ्चालन हुने पूर्वतयारी बैठकमा मन्त्री राणाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमार्फत प्रदेशको प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, भौगोलिक विशेषता र आर्थिक सम्भावनालाई उजागर गर्दै दीगो विकास र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।
'सुदूरपश्चिमको सशक्तीकरण लगानी, नवप्रवर्तन र उन्नति’ भन्ने मूल नारासहित सम्मेलन असोज १ र २ गते धनगढीमा आयोजना हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि
-
'फेस अफ नेपाल २०२५' सुरू, हट्यो उचाइको मापदण्ड
-
दरबारमार्गमा स्केचर्सको पहिलो आधिकारिक स्टोरकाे उद्घाटन
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
दोस्रो अग्निपरीक्षाको घडीमा माधव नेपाल, १८ वर्षअघिको इतिहास फर्किएला ?
-
गजेन्द्रनारायण अस्पतालमा हाजिर हुन डा. इन्द्र ढकाललाई मन्त्रालयको निर्देशन