ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त
बुधबार, २१ जेठ २०८२, १४ : ४२
सारांश
- ललितपुरको गोदावरीमा बाटो फराकिलो बनाउँदा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा ५८ वर्षीय रमेश खड्गी रहेका छन् भने स्थानीयले विरोध गर्दै टायर बालेर प्रदर्शन गरेका छन्।
- प्रहरीले जेसिबी चालकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ र स्थानीयले बाटो अवरुद्ध गरेका छन्।
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एक जनाको मृत्यु भएको छ ।
ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा जेसीबीले पोल उठाउँदा सो पोलले लागेर ५८ वर्षीय रमेश खड्गीको मृत्यु भएको हो । सो विरोधमा स्थानीयले टायर बालेर ठैब क्षेत्रमा प्रदर्शन गरेका छन् ।
सातदोबाटो बाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।
उनले भने, ‘जेसिबीका चालकलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउँछौँ ।’ मृतक रमेश खड्गी ठैबका स्थानीय हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण