शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

ऐतिहासिक कांस्य पदक जितेकी एरिका सम्मानित

बुधबार, २१ जेठ २०८२, २० : ४०
बुधबार, २१ जेठ २०८२

काठमाडौँ । तारकेश्वर नगरपालिकाले कराँते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ । तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन, नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख इश्वरीप्रसाद आचार्यले एरिकालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरेका हुन् । 

कार्यक्रममा वडा न २ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीलगायतको उपस्थिति रहेको थियो । मोरक्कोको रावतमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौलसमूहमा एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य जितेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप