गाजाबाट दुई बन्धकहरूको शव बरामद गरेको इजरायली सेनाको दाबी
बिहीबार, २२ जेठ २०८२, १५ : ३०
गाजापट्टी । गाजाबाट दुई अमेरिकी मूलका इजरायली बन्धकहरूको शव बरामद गरेको इजरायली सेनाले बताएको छ । २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणको क्रममा हमासले उनीहरू दुवैलाई बन्धक बनाएको थियो ।
क्यानेडियन नागरिक समेत रहेकी ७० वर्षीया जुडी वाइनस्टाइन हाग्गाई उनका पति ७२ वर्षीय गादी हाग्गाईलाई किबुट्ज निर ओजमा भएको आक्रमणमा मुजाहिद्दीन ब्रिगेड समूहका बन्दुकधारीहरूले मारेको सेनाले एउटा विज्ञप्तिमा भनेको छ ।
तिनीहरूको शव गाजाको दक्षिणी खान युनिस क्षेत्रबाट बरामद गरिएको थियो र फोरेन्सिक पहिचानको लागि इजरायल फिर्ता ल्याइएको बताइएको छ । गाजामा अझै पनि ५६ जना हमासको बन्धक छन् । यीमध्ये कम्तीमा २० जना जीवित भएको सम्भावना भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण