शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

गाजाबाट दुई बन्धकहरूको शव बरामद गरेको इजरायली सेनाको दाबी

बिहीबार, २२ जेठ २०८२, १५ : ३०
बिहीबार, २२ जेठ २०८२

गाजापट्टी । गाजाबाट दुई अमेरिकी मूलका इजरायली बन्धकहरूको शव बरामद गरेको इजरायली सेनाले बताएको छ । २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणको क्रममा हमासले उनीहरू दुवैलाई बन्धक बनाएको थियो ।

 क्यानेडियन नागरिक समेत रहेकी ७० वर्षीया जुडी वाइनस्टाइन हाग्गाई उनका पति ७२ वर्षीय गादी हाग्गाईलाई किबुट्ज निर ओजमा भएको आक्रमणमा मुजाहिद्दीन ब्रिगेड समूहका बन्दुकधारीहरूले मारेको सेनाले एउटा विज्ञप्तिमा भनेको छ ।

 तिनीहरूको शव गाजाको दक्षिणी खान युनिस क्षेत्रबाट बरामद गरिएको थियो र फोरेन्सिक पहिचानको लागि इजरायल फिर्ता ल्याइएको बताइएको छ । गाजामा अझै पनि ५६ जना हमासको बन्धक छन् । यीमध्ये कम्तीमा २० जना जीवित भएको सम्भावना भएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप