‘पिताम्बर २’ घोषणा
_r1SAXJDXQG.jpg)
समाचार सारांश
- फिल्म 'पिताम्बर २' बन्ने घोषणा, 'पिताम्बर'को ५१औं दिनको अवसरमा सिक्वेलको घोषणा गरिएको हो।
- प्रदीप खड्का स्टारर फिल्मले ५१औं दिन मनायो, रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा कार्यक्रम आयोजना गरियो।
- निर्देशक कृषा चौलागाईंले फिल्मको सफलताका लागि सबैलाई धन्यवाद दिइन् र आगामी काममा सुधार गर्ने प्रतिबद्धता जनाइन्।
काठमाडौँ । फिल्म ‘पिताम्बर २’ निर्माण हुने भएको छ । केपी फिल्मसले पुरूषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको फिल्म ‘पिताम्बर’को निर्माण युनिटले ५१ औँ दिन मनाउन बिहीबार आयोजित एक कार्यक्रममा फिल्मको सिक्वेल घोषणा गरिएको हो ।
प्रदीप खड्का स्टारर यो फिल्मले कलाकार र प्राविधिकलाई सम्मान गर्दै बिहीबार ५१ औँ दिन मनाएको हो । गतबर्षको चैत २९ गतेबाट प्रदर्शनमा आएको फिल्मले रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा ५१ औँ दिन मनाएको कार्यक्रममा जानकारी दिइयो । सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले ४ करोड ५६ लाख रुपैयाँ कमाएको छ ।
कार्यक्रममा निर्देशक कृषा चौलागाईंले सबैको साथ र सहयोगले फिल्मको सफलता सम्भव भएको बताइन् । उनले उनले फिल्ममा भएका कमीकमजोरीलाई सच्याएर अर्को अझै बुलन्द काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा सौगात मल्ल, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह–निर्माता पुरुषोत्तम प्रधान लगायत सहभागी थिए । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको अभिनय थियो ।