शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

टिचिङ अस्पतालले माग्यो एक सय जना नर्स

शुक्रबार, २३ जेठ २०८२, १९ : १२
शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा रोजगारीको अवसर खुलेको छ । अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै करार सेवामा १ सय जना जना नर्स माग गरेको छ । 

नर्सिङ विषयमा प्रमाणपत्र तह वा बीएससी नर्सिङ उत्तीर्ण गरेका योग्य उम्मेदवारहरूले आगामी जेठ २५ देखि असार १ गतेसम्म अस्पतालमा आवेदन दर्ता गराउन सक्ने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

आवेदन दिनका लागि पुरुषको हकमा ४० वर्ष र महिला उम्मेदवारको लागि ४५ वर्ष तोकिएको छ । 

Tu-notice-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप