संसद्
सभामुख घिमिरले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने
आइतबार, २५ जेठ २०८२, ११ : ४२
काठमाडौँ । सभामुख देवराज घिमिरले संसद्को गतिरोध खुलाउने विषयमा प्रमुख तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले पौने १२ बजे कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख सचेतकसँग छलफल गर्ने भएका हुन् ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।
सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण