सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबारसम्मका लागि स्थगित

सोमबार, २६ जेठ २०८२, १७ : २०
सोमबार, २६ जेठ २०८२

काठमाडौँ । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।

दिउँसो बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको हो । 

प्रतिपक्षी दलहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै विपक्षीले बैठक अवरुद्ध गर्दै आएका छन् ।

494819292_677415138451699_1381756282899673268_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप