आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मङ्गलबार, २७ जेठ २०८२, ०६ : २९

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।