पार्टी एकताबारे माधव र विप्लवसँग छलफल भइरहेको छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आबद्ध पार्टीसँग एकताबारे छलफल भइरहेको दाबी गरेका छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी माओवादी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई मंगलबार खुमलटारमा स्वागत गर्ने क्रममा उनले एकताबारे छलफल भइरहेको दाबी गरेका हुन् ।
‘विप्लवले नेतृत्व गरेको नेकपा , माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीसँग पनि मोर्चा त बनेकै छ । पार्टी एकताबारे पनि एकता चलिराखेको छ । महिन्द्र राय नेतृत्वको नेसपा छिट्टै एकतामा आउँदै छ । छिट्टै केन्द्रीय समिति बैठक बस्दै छ । नयाँ योजनाका साथ एकतामा आएका नेताहरूलाई पार्टीभित्र विभिन्न ठाउँको जिम्मेवारी दिइने छ’, प्रचण्डले भने ।
उनले माओवादीप्रति २०६४ को जस्तै फेरि जन आकर्षण बढेकाले २०८४ मा एक नम्बरको पार्टी बन्ने जिकिर गरे । अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या
-
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा