सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति

समाचार सारांश
- सभामुखको पहलमा सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठक बिना निष्कर्ष टुंगियो, जेठ १३ गतेदेखिको अवरोध हटाउने विषयमा सहमति जुट्न सकेन।
- बैठकमा गृहमन्त्रीको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा संसदीय छानबिनको माग प्रतिपक्षी दलहरूको थियो।
- सत्तापक्षले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको भन्दै समानान्तर समिति बनाउन नहुने अडान लियो।
काठमाडौँ । प्रतिनिधिसभामा जेठ १३ गतेदेखिको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कुनै सहमति हुन सकेन ।
सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठकमा कुरा मिल्न नसकेको हो ।
उनीहरूबिच कुरा मिल्न नसकेपछि एक बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । सत्तापक्ष र प्रतिपक्षी आण्आफै अडानमा रहेपछि सहमति हुन नसकेको हो ।
प्रतिपक्षीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखिरहेका छन् । सत्तापक्ष भने यस विषयको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले समानान्तर समिति बनाउन उपयुक्त नहुने बताइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला