लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पितृशोक
बिहीबार, २९ जेठ २०८२, १९ : १८
विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पितृशोक परेको छ ।
पोखरेलका पिता रामचन्द्र पोखरेलको बुधबार साँझ सवा ६ बजे ८८ वर्षको उमेरमा निधन भएको हो । पोखरेलको निधन विराटनगर–८ मधुमारास्थित आफ्नै निवासमा भएको छ ।
बुधबार साँझ अचानक अस्वस्थ बनेका पोखरेलको उपचारका लागि लैजान नपाउँदै निधन भएको हो ।
लेखा समिति सभापति पोखरेल जेठा छोरा हुन् । उनको परिवारमा भाइ फडिन्द्र पोखरेलसहित दुई बहिनीहरू छन् ।
पोखरेलको अन्तिम संस्कार आज बिहान विराटनगरको हाटखोलास्थित परम विश्रान्ति श्मसानघाटमा गरिएको परिवारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
-
सुदूरपश्चिम सरकारले बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
-
रास्वपा महाधिवेशनः मतदान भोलि
-
नेपालको सङ्घीय शासन प्रणालीलाई कसरी थप सक्षम, उत्तरदायी र जनमुखी बनाउन सकिन्छ ?
-
रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण