लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पितृशोक
बिहीबार, २९ जेठ २०८२, १९ : १८

विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पितृशोक परेको छ ।
पोखरेलका पिता रामचन्द्र पोखरेलको बुधबार साँझ सवा ६ बजे ८८ वर्षको उमेरमा निधन भएको हो । पोखरेलको निधन विराटनगर–८ मधुमारास्थित आफ्नै निवासमा भएको छ ।
बुधबार साँझ अचानक अस्वस्थ बनेका पोखरेलको उपचारका लागि लैजान नपाउँदै निधन भएको हो ।
लेखा समिति सभापति पोखरेल जेठा छोरा हुन् । उनको परिवारमा भाइ फडिन्द्र पोखरेलसहित दुई बहिनीहरू छन् ।
पोखरेलको अन्तिम संस्कार आज बिहान विराटनगरको हाटखोलास्थित परम विश्रान्ति श्मसानघाटमा गरिएको परिवारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
याे वर्ष एसइई नतिजामा सुधार आउँछ : प्रधानमन्त्री
-
सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइने
-
‘ग्रेटर मुन्दुम’ पदमार्ग निर्माणले गति लिँदै
-
सिद्धार्थ बैंकका ग्राहकहरुलाई लोमस डिजिटलमा विशेष छुट
-
प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
-
बजेटमा आएको विद्युत् खरिद ‘टेक एण्ड पे’ को व्यवस्था सच्याउँछौँ : ऊर्जामन्त्री