अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन
शुक्रबार, ३० जेठ २०८२, ०७ : १८
सारांश
- बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्व पति सञ्जय कपूरको ५३ वर्षको उमेरमा निधन भएको छ।
- बेलायतमा पोलो खेलिरहेका बेला हृदयाघातका कारण सञ्जयको निधन भएको हो, उनलाई तत्कालै उपचार पनि दिइएको थियो।
- सञ्जयले सन् २००३ मा करिश्मा कपूरसँग विवाह गरेका थिए र २०१६ मा सम्बन्धविच्छेद भएको थियो, उनीहरुका दुई सन्तान छन्।
मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपूरका पूर्व पति सञ्जय कपूरको निधन भएको छ। सञ्जय कपूरको ५३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो।
आज तकको रिपोर्ट अनुसार, बिहीबार बेलायतमा रहेका सञ्जय कपूर पोलो खेलिरहेका थिए। यसै क्रममा सञ्जयलाई हृदयाघात भएको थियो। उनलाई तत्काल चिकित्सा सहायता पनि मिलेको थियो, तर यसको बाबजुद पनि सञ्जयले यस संसारलाई बिदाइ गरे।
सञ्जयले सन् २००३ मा बलिउड अभिनेत्री करिश्मा कपूरसँग विवाह गरेका थिए। तर, विवाहको केही वर्षपछि अभिनेत्री र सञ्जयको सम्बन्ध विच्छेद भयो।
सन् २०१६ मा, करिश्मा र सञ्जयले एक अर्कालाई सम्बन्ध विच्छेद गरेर अलग्गिए। सञ्जय र करिश्माका दुई सन्तान पनि छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण