‘आ बाट आमा’मा भित्रिए बलिउडका प्रदीप रावत
काठमाडौँ । गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ फिल्ममा अभिनय गरेका तेलुगु, हिन्दी र तमिलका अभिनेता प्रदीप रावत ‘आ बाट आमा’ मा पनि देखिने भएका छन् ।
चन्द्र पन्तको निर्देशन रहने यस फिल्ममा उनी अनुबन्धित भएका हुन् । ‘आ बाट आमा’मा प्रदीप रावतलाई अनुबन्ध गरेका छाैँ। उहाँ यो फिल्ममा पल शाहको बुबाको भूमिकामा हुनुहुने छ । नितान्त नेपाली लोकमा नेपाली स्टायलको भूमिका निवार्ह गर्दै हुनुहुन्छ’ पन्तले भने ।
अभिनेता रावतले ‘ह्रस्व दीर्घ’मा अभिनेत्री निता ढुङ्गानाको बुबाको भूमिका निर्वाह गरेका थिए । जुन क्यारेक्टरलाई दर्शकले मन पनि पराएका थिए । फिल्ममा यसअघि बिपना थापा, पल शाह अनुबन्धित भइसकेका छन् । चन्द्र पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’बाट बिपनाले १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन् ।
फिल्मको स्क्रिप्ट अभिमन्यु निरवीले तयार पारेका हुन् । फिल्म आगामी फागुन १५ गते प्रदर्शनमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण