पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा मिश्र नियुक्त
शनिबार, ३१ जेठ २०८२, ०० : २८
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा प्रा डा कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गर्नुभएको छ।
- उपकुलपति बिजुकुमार थपलियाको सिफारिसमा प्रधानमन्त्री ओलीले मिश्रलाई विश्वविद्यालय ऐन, २०५० बमोजिम नियुक्त गर्नुभएको हो।
- नवनियुक्त रजिष्ट्रार मिश्रले बागवानी विषयमा विद्यावारिधि गर्नुभएको छ र उहाँ अनुसन्धान कार्यमा संलग्न हुनुहुन्छ।
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरेका छन् ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले उपकुलपति प्रा डा बिजुकुमार थपलियाको सिफारिसमा विश्वविद्यालयको ऐन, २०५० बमोजिम लमजुङ घर भई हाल चितवन निवासी मिश्रलाई शुक्रबार रजिष्ट्रारमा नियुक्त गरेका हुन्।
मिश्रले बागवानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट सन् २०१६ मा विद्यावारिधि गरेकी छिन् । उनी विभिन्न अनुसन्धान र प्रकाशन कार्यमा पनि संलग्न छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण