कर्णालीको बजेट कर्णालीकै अल्लोको झोलामा
सुर्खेत । कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले अबको केही समयमा संसदबाट आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट प्रस्तुत गर्दैछन् । त्यसका लागि मन्त्रिपरिषद् बैठकले बजेट पारित समेत गरिसकेको छ । अर्थमन्त्री शाहले कर्णालीको बजेट कर्णालीमै निर्मित अल्लाको झोला प्रयोग गरेका छन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार आफ्नो प्रदेशको बजेट ल्याउँदै आफ्नै प्रदेशमा उत्पादन भएको झोला प्रयोग गर्नुपर्छ भनेर अल्लोको झोला प्रयोग गरिएको हो ।
अर्थमन्त्रीका सचिवालयका एक सदस्य सदामसिंह राठौरका अनुुसार उक्त झोला वीरेन्द्रनगरस्थित औद्योगिक ग्रामबाट ल्याइएको हो ।
यसअघि चालु आर्थिक वर्षको बजेट ल्याउने वेलामा पनि तत्कालीन अर्थमन्त्री महेन्द्र केसीले अल्लोकै झोला प्रयोग गरेका थिए । साथै केसीले त्यो वेला अल्लोबाट नै बनेको कोट लगाएका थिए ।
अर्थमन्त्री शाहले आगामी वर्षका लागि ३१ देखि ३१ अर्ब हाराहारीको बजेट आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण