लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
बुटवल । लुम्बिनी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महराले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई लक्ष्यविहीन र सिद्धान्तविहीनको संज्ञा दिएका छन् ।
रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले यो बजेट सस्तो लोकप्रियताका लागि मात्र ल्याइएको र यसले प्रदेशको विकास लक्ष्य हासिल गर्न नसक्ने दाबी गरे ।
बजेट प्रस्तुत गर्दा सरकारको आत्मविश्वास नदेखिएको उनको भनाइ थियो । ‘यो बजेटले लुम्बिनी प्रदेशको विकास लक्ष्यमा पुग्न सक्दैन,’ महराले भने, ‘सरकारसँग बजेट कार्यान्वयन गर्ने कुनै ठोस योजना र गन्तव्य छैन ।’
उनले कृषि क्षेत्रमा नारा आकर्षक भए पनि बजेट अत्यन्तै कम विनियोजन गरिएको बताए ।
त्यस्तै बजेट भाषणमा उल्लेख गरिएको पाँच लाख रोजगारी कहाँ र कसरी सिर्जना गर्ने भन्नेबारे कुनै ठोस आधार र योजना नभएको महराको टिप्पणी छ ।
‘यो बजेटमा कुनै स्पष्ट दृष्टिकोण र सिद्धान्त छैन,’ महराले भने, ‘यसले जनताको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउन सक्दैन । कार्यान्वयनमा जानै नसक्ने गरी केवल सस्तो लोकप्रियताका लागि केही कार्यक्रम उल्लेख गरिएका छन् ।’
उनले बजेटमा आशा जगाउने खालका कुनै ठोस योजना तथा कार्यक्रम नरहेको पनि बताए ।
आइतबार लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
बजेट प्रस्तुत गर्नुअघि सरकारको तयारी नपुगेका कारण प्रदेश सभा बैठक झन्डै तीन घण्टा ढिलो सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण