शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो

सोमबार, ०२ असार २०८२, २० : ०२
सोमबार, ०२ असार २०८२

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.४० अङ्कले बढेको छ । साताको दोस्रो दिन सोमबार उच्च कारोबार भएको बजार सो अङ्कले बढ्दा परिसूचक २६५९.२६ विन्दुमा पुगेर बन्द भएको हो । 

परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकमले भने उत्साहजनक प्रदर्शन गरेको छ । दिनभरिमा कूल १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यो पछिल्लो तीन महिनायताकै उच्च कारोबार हो ।

आज कूल ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयरको कारोबार भयो । आज होटल समूहमा उत्साहजनक सुधार देखिएको छ । फाइनान्स र हाइड्रो समूहमा आज १ प्रतिशत बढीले घटेको छ ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ वटै कम्पनीको शेयर मूल्य घटेको छ । बजारमा आज पियोर इनर्जी र पिपुल्स पावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

पछिल्ला दिनमा बढ्दै गएको कारोबार रकमले बजारमा लगानीकर्ताहरूको सक्रियता हुँदै गएको देखाउँछ । तर, बढ्ने र घट्ने कम्पनीको सङ्ख्या बराबर हुनुले बजारमा लगानीकर्ताहरू अझै पनि ’पर्ख र हेर’ को अवस्थामा रहेको सङ्केत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप