सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

संसदभित्रै सांसद थापाले च्याते बजेट किताब

बिहीबार, ०५ असार २०८२, १३ : ३०
बिहीबार, ०५ असार २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले आगामी आर्थिक बर्षको बजेट किताब प्रतिनिधिसभा बैठकमा च्यातेका छन् । 

सरकारले ल्याएको बजेटले जनताको भावनालाई समेट्न नसेकेको र एकाधिकार कायम गर्न खोजेको भन्दै सांसद थापाले सदनमा बजेटको रातो किताव च्यातेका हुन् । 

जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी नरहेकाले मन नपरेर रातो किताव च्यातेको उनले बताए । 

उनले सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप