अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्र्रष्टाचार मुद्दा दर्ता गरेको लामो समयसम्म पनि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट राजीनामा नगरेको विषयले बिस्तारै बहस सिर्जना गर्न थालेको छ ।
सादगी जीवन र नैतिक आचरणका पक्षपाती नेपालले पदको मोहचाहिँ किन गरिरहेका होलान् ? नेपाल पदमा बसेरै कानुनी लडाइँ लड््दा बलियो होलान् कि कमजोर ? पार्टी पंक्तिले यसको बचाउ कसरी गर्ला ? यी लगायत यस्ता अन्य विषयमा अध्यक्ष नेपाल निकट नेता मेटमणि चौधरीसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् ।
प्रस्तुत छ, एकीकृत समाजवादीका नेता चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश
केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साँधे भन्ने कुरा हामीले सुरुदेखि उठाइरहेका छौँ । रिजाइनेसन गर्ने बित्तिकै दुश्मन अथवा शत्रु हाँस्छन् र उनीहरूको जित हुनेछ । किनकि अध्यक्ष (माधवकुमार नेपाल)लाई कमजोर बनाएर पार्टी विघटन गर्ने ओलीको योजना छ ।
हामीले अध्यक्षलाई अध्यक्ष रहेरै केपी ओलीको षड्यन्त्र सामना गर्ने र त्यहाँबाट स्केप नगर्ने, नभाग्ने भन्ने खालको सुझाव दिएका छौँ । त्यो खालको तयारी छ ।
केपी ओलीले नियुक्ति गरेको मान्छे प्रेम राई । यही अख्तियार, यिनै प्रेम राईले होइन ‘हाम्रो क्राइटेरिया भन्दा बाहिरको कुरा हो, मुद्दा चलाउन मिल्दैन’ भनेर तामेलीमा राखेको ?
दोस्रो कुरो, अख्तियारकै ऐनमा मन्त्रिपरिषदसँग जोडिएका समितिहरू र त्यो समितिसँग जोडिएका माननीयज्यूहरूको विषयमा मुद्दा चलाउन मिल्दैन भन्ने छ ।
त्यो होइन । हामीले हाम्रो अध्यक्षलाई राजीनामा दिनुस् भन्ने बित्तिकै पार्टी कमजोर बनाउने उनीहरूको प्रयास सफल हुन्छ ।
आज माधव कुमार नेपाललाई मान्छेले चिन्छ नि त । एकीकृत समाजवादी पार्टी भनेकै माधव नेपालको पार्टी भन्ने बुझाइ छ नि ।
कानुनी लडाइँ त हामी जितिहाल्छौँ नि । किनकि यसमा न अडिने ठाउँ छ, न समाउने हाँगो छ । न संविधान पल्टाउँदा भेटिन्छ, न अख्तियारको ऐनमै त्यस्तो देखिन्छ ।
त्यो बेला पनि गल्ती थियो भन्ने कुरा आज भनिरहेका छौँ ।
यो माधव नेपालले गरेको होइन, यो राजनीतिक प्रतिशोध हो भन्ने दुनियाँका सबै मान्छेलाई थाहा छ । अनि अख्तियारले पनि अह्राएर गरेको काम न हो, यो पनि बुझाइ छ । त्यही अख्तियार प्रमुखविरुद्ध अनेकौँ प्र्र्रश्न छन् । भनेपछि अख्तियार प्रमुखजस्तो व्यक्तिले आफ्नो क्राइटेरियाको बारेमा बुझ्नुपर्छ ।
अख्तियारले आफूलाई, आफ्नो भूमिकालाई स्वतन्त्र बनाउन सक्यो भने त्यो राम्रै हुन्थ्यो । तर अख्तियार पनि त ‘एस म्यान’ भइरहेको छ ।
सांसद नभएको कुरा बनाइएको हो । षड्यन्त्रको कारणले उहाँ सांसद नहुनु भएको हो ।
अलिअलि कुरा त उठिहाल्छ नि त । सांसद हुनुहुन्न, अब के गर्ने ? अर्को कसैलाई बनाउने कि भन्ने छलफल त भइहाल्छ नि ।
अहिले त्यस्तो योजना त छैन । तर आरोप हामीले स्वीकार गरेको खण्डमा त अध्यक्ष अर्को बन्न सक्नुहुन्छ । संसदीय दलको नेता पनि बनाउन सक्छौँ नि । तर आज अस्वीकार गरिरहेको अवस्थामा त्यो काम गरियो भने, त्यो ठाउँमा पुगियो भने, यो त भ्यालिड रहेछ, समाजवादी पार्टीले त स्वीकार गर्यो भन्ने ठाउँमा पुग्छ नि ।
जुन संस्थाले उद्योग स्थापनाका लागि जग्गा खरिद गरेको थियो र जुन उसको उद्देश्य थियो, त्यो आसपासमा रहेका सबै जग्गा खरिद गर्ने र त्यसमा प्लान्ट लाउने भन्ने कुरा थियो । पतञ्जलीले खरिद बिक्री गरेको जग्गाबाट प्राप्त भएको पैसा पनि बैंकमै छ । जुन पाँच वर्षको म्याद, समयसीमा दिएको थियो, त्यो पुग्या थिएन । त्यो जमिन सरकारको अथवा ऐलानी जमिन, अरु जमिन नभएर व्यक्तिको जमिन हो । अनि यो व्यक्तिको जमिन बिक्री गरेको पैसा बैंकमै छ । पाँच वर्षभित्र किन्नु भन्या छ । अनि माधव नेपालको मनसाय कहाँ बेठिक देखिन्छ ?
अहिलेसम्म हाम्रो राज्यले कानुनमात्रै समात्यो, जसको कारणले व्यावहारिक चिज धेरै टाढा भयो । एउटा माझी आरक्षमा गएर माछा मार्छ । माछा मारे बापत उसलाई मुद्दा लाग्यो । ऊ २० वर्ष थुनियो । २० वर्षसम्म अदालतले फैसला गरेन । जब २० वर्ष पुग्यो, अदालतले फैसला गर्यो र भन्यो तिमी निर्दोष छौ । यस्तो चिजलाई पनि राज्यले हेर्नुपर्छ ।
भिजिट भिस्सामा सुरुमा एकीकृत समाजवादीले जे भन्यो माओवादी दुई बुँदे सहमति गरेर त्यही ठाउँमा आयो । अनि को पुच्छर भयो ?
हामीले सुरुदेखि नै छानबिन समिति बनाउनुपर्छ । तर गृहमन्त्रीले आफ्नो भनाइ राख्न पाउनुपर्छ भन्दै आयौँ । आज घण्टी पार्टी पनि यही भनिरहेको छ ।
पहिलो कुरा त नेपाली समाजमा विद्या र केपीबिच वार छ भन्ने बुझाइ छ नि, त्यो नै कमजोर बुझाइ हो । उनीहरूको मन, मुटु, मनोविज्ञान सबै मिलेको छ । ओली र विद्याबिचमा कुनै विवाद पनि छैन, द्वन्द्व पनि छैन, केही पनि छैन ।
बन्नुहुन्न । जीवनमै बन्नुहुन्न ।
प्रतिक्रिया