आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडा अध्यक्षलाई पूर्ववत जिम्मेवारी
सारांश
- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सूचना प्रविधि लगायतका समितिबाट हटाएका सदस्यहरूलाई पुरानै जिम्मेवारीमा फर्काएका छन्।
- मेयरको निर्णयविरुद्ध वडा अध्यक्षहरूको दबाब र नयाँ जिम्मेवारी अस्वीकार गरेपछि मेयर साह पछि हट्न बाध्य भए।
- कार्यपालिकाको निर्णय बिना मनोमानी निर्णय गरेको भन्दै वडा अध्यक्षहरूले विरोध जनाएका थिए।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँले गरेको निर्णयबाट पछि हटेका छन् । मेयर बालेनले गत जेठ १ गते सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाएर काठमाडौँ– ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समिति संयोजकबाट काठमाडौँ– २६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौँ– ८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी तोकेका थिए ।
तर उक्त निर्णयबाट मेयरपछि हट्दै पुरानै जिम्मेवारी दिएको एक वडा अध्यक्षले जानकारी दिए । उनका अनुसार वडा अध्यक्षहरुको दबाब र नयाँ जिम्मेवारी नलिने बताएसँगै पुरानै जिम्मेवारी दिन मेयर तयार भएका छन् ।
हचुवाका भरमा र निर्णय गर्दै मेयर साहले आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए । उनीहरूले कार्यपालिकाको निर्णय विना आफू खुशी निर्णय नगर्न मेयर साहलाई चेतावनी समेत दिएका थिए ।
नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए ।
विधायन समितिको जिम्मेवारी भने वडा–१६ कि अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो । पछिल्लो समय कार्यपालिका बैठक समेत राख्न नसकिरहेका बेला कार्यपालिका र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिँदै आएका छन् । उपप्रमुख सुनिता डङ्गोलको अगुवाइमा कार्यपालिका र नगर सभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर साह पछिल्लो समय आफूले गरेका केही निर्णयबाट पनि पछि हट्ने स्रोतले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण