सिरहामा किशोरीद्वारा युवकमाथि छुरा प्रहार
सिरहा । सिरहाको गोलबजारमा बिहीबार साँझ एक युवकमाथि छुरा प्रहार भएको छ ।
छुरा प्रहारबाट गोलबजार नगरपालिका–१३ घर भई वडा नम्बर ४ बस्ने २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि एक किशोरीले छुरा प्रहार गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
दुई जना प्रेमी प्रेमिका भएको बताइएको छ भने आपसी विवादपछि युवतीले छुरा प्रहार गरेको बताइएको छ ।
यसैगरी छुरा प्रहारको घटनापछि भाग्ने क्रममा किशोरी पनि सामान्य घाइते भएकी छन् । उनको स्थानीय लाइफ लङ्ग अस्पतालमा उपचार गराइएको र त्यसपछि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको बताइएको छ ।
स्थानीयका अनुसार पछिल्ला केही दिनदेखि किशोरी युवकको कोठामा पुग्ने गर्थिन् । बिहीबार पनि किशोरी युवकको कोठामा पुगेकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण