शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

सिरहामा किशोरीद्वारा युवकमाथि छुरा प्रहार

युवकको उपचार हुँदै
बिहीबार, ०५ असार २०८२, २० : २८
बिहीबार, ०५ असार २०८२

सिरहा । सिरहाको गोलबजारमा बिहीबार साँझ एक युवकमाथि छुरा प्रहार भएको छ ।  

छुरा प्रहारबाट गोलबजार नगरपालिका–१३ घर भई वडा नम्बर ४ बस्ने २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

उनको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि एक किशोरीले छुरा प्रहार गरेको बुझिन आएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिए । 

दुई जना प्रेमी प्रेमिका भएको बताइएको छ भने आपसी विवादपछि युवतीले छुरा प्रहार गरेको बताइएको छ । 

यसैगरी छुरा प्रहारको घटनापछि भाग्ने क्रममा किशोरी पनि सामान्य घाइते भएकी छन् । उनको स्थानीय लाइफ लङ्ग अस्पतालमा उपचार गराइएको र त्यसपछि जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको बताइएको छ । 

स्थानीयका अनुसार पछिल्ला केही दिनदेखि किशोरी युवकको कोठामा पुग्ने गर्थिन् । बिहीबार पनि किशोरी युवकको कोठामा पुगेकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप