तेल अभिभ । गत जुन १३ तारिखका दिन इजरायलले इरानमा हवाई हमला गरेपछि दुई देशबिचको तनाव जारी रहेको छ । दुवै पक्षले एक अर्कामाथि आक्रमण जारी राखेका छन् ।
इरानले इजरायलका तेल अभिभ, हाइफा, पेतहा टिभ्का, बीर सेभा र तमारालगायत क्षेत्रमा मिसाइल आक्रमण गरेको छ । इजरायलको वायु सुरक्षा प्रणाली इरानका धेरै मिसाइलहरूलाई रोके पनि केही भने आफ्नो लक्ष्यसम्म पुग्न सफल भएका छन् । यसबाट अस्पताललगायत विभिन्न भौतिक पूर्वाधारहरूमा क्षति पुगेको छ ।
पछिल्लो जानकारी अनुसार इजरायलमा इरानले गरेको आक्रमणमा २४ जना इजरायली नागरिकको मृत्यु भएको छ । त्यस्तै, ५ सयभन्दा बढी घाइते भएका छन् ।
उता, इजरायली आक्रमणमा परेर इरानमा पनि शीर्ष सैन्य अधिकारी र वैज्ञानिकसहित ६ सयभन्दा बढीको मृत्यु भएको छ ।
हेरौँ इरानले इजरायलमा गरेको हमलाबाट भएका क्षतिहरूको तस्बिरहरू ।
सबै तस्बिर : रोयटर्सबाट
प्रतिक्रिया