शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु

बिहीबार, ०५ असार २०८२, १६ : ०२
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • धनुषाको मिथिला नगरपालिकामा खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा मिथिला नगरपालिका-१ ढल्केबरकी ५० वर्षीया मङ्गलीदेवी महतो रहेकी छिन्।
  • प्रहरीका अनुसार, किसानले बाली जोगाउन लगाएको तारमा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

महेन्द्रनगर । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मिथिला नगरपालिका–१ ढल्केबरका ५० वर्षीया मङ्गलीदेवी महतोको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार मङ्गलीदेवीले तरकारी बारीमा काम गर्ने क्रममा खेतमा जडान गरिएको तारमा छोएपछि निजको  घटनास्थलमा मृत्यु भएको हो ।   

‘केही किसानले जङ्गली जनावरबाट तरकारी तथा अन्य बाली बचाउन विद्युतीय तार तानेर करेन्ट प्रवाह गरी बाली सुरक्षा गर्दै आएका छन् । मङ्गलीदेवीले पनि सोही तार छोएपछि करेन्ट लागेको हो’, उनले भने ।

महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाउँदै घटना सम्बनधमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रवक्ता बरुण सिंहले बताए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप