धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
बिहीबार, ०५ असार २०८२, १६ : ०२
सारांश
- धनुषाको मिथिला नगरपालिकामा खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ।
- मृत्यु हुनेमा मिथिला नगरपालिका-१ ढल्केबरकी ५० वर्षीया मङ्गलीदेवी महतो रहेकी छिन्।
- प्रहरीका अनुसार, किसानले बाली जोगाउन लगाएको तारमा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
महेन्द्रनगर । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मिथिला नगरपालिका–१ ढल्केबरका ५० वर्षीया मङ्गलीदेवी महतोको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार मङ्गलीदेवीले तरकारी बारीमा काम गर्ने क्रममा खेतमा जडान गरिएको तारमा छोएपछि निजको घटनास्थलमा मृत्यु भएको हो ।
‘केही किसानले जङ्गली जनावरबाट तरकारी तथा अन्य बाली बचाउन विद्युतीय तार तानेर करेन्ट प्रवाह गरी बाली सुरक्षा गर्दै आएका छन् । मङ्गलीदेवीले पनि सोही तार छोएपछि करेन्ट लागेको हो’, उनले भने ।
महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाउँदै घटना सम्बनधमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रवक्ता बरुण सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण