कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
सारांश
- कोशी प्रदेशका मन्त्री खगेनसिं हाङगामले नेकपा एसका नेता रक्की थेबेलाई मुक्का हानेको आरोप लागेको छ। घटना ताप्लेजुङमा भएको हो, जहाँ मन्त्री हाङगाम र थेबेबीच विवाद भएको थियो।
- थेबेका अनुसार मन्त्री हाङगाम मादक पदार्थ सेवन गरी आएका थिए र उनले ८४ सालको चुनावबारे कुरा गरेका थिए। प्रत्यक्षदर्शीहरूले पनि धकेलाधकेल भएको स्वीकारेका छन्।
- यसअघि पनि मन्त्री हाङगाम विभिन्न विवादमा परेका थिए, जसमा डीएसपीलाई ज्यान मार्ने धम्की दिएको र प्रहरीको हतियार खोसेको आरोप समेत लागेको थियो।
ताप्लेजुङ । नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश सदस्य तथा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले आफूलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले दुई मुक्का हानेको बताएका छन् ।
ताप्लेजुङको प्रदेश निर्वाचन क्षेत्र २ बाट निर्वाचित हाङ्गाम गृहजिल्ला पुगेका बेला थेबेसँग विवाद भएको थियो । ‘उहाँ मादक पदार्थ सेवन गरेर आउनुभएको थियो । उहाँले मसँग ८४ सालमा प्रतिस्पर्धा गर्ने रे हो भनेर सोध्नुभयो । मैले त्यस्तो नभनेको बताएँ । तर, उहाँले त्यही बिचमा मलाई मुक्का हान्नुभयो,’ थेबेले भने । घटनाका प्रत्यक्षदर्शीले पनि धकेलाधकेल भएको विषय आफूले देखेको बताए । ‘त्यहाँ धकेलाधकेल भएको हो । छुट्याउँदै गरेको पनि देखेकै हौँ,’ नाम नबताउने सर्तमा उनले भने ।
घटनाको विषय सार्वजनिक भएपछि आफूसँग मिल्न दबाब आइरहेको थेबेले बताए । अहिलेसम्म उजुरी भने आफूले नदिएको तर, घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई थाहा भएको उनले बताए ।
हाङ्गाम यसअघि पनि विवादमा तानिएका थिए । २०८० भदौ २१ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसद हाङगामले तत्कालीन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डीएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिएका थिए । उनले प्रहरीको हतियार खोसेको आरोप समेत लागेको थियो ।
सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा कांग्रेस सांसद खगेनसिंह हाङ्गाम र डीएसपी राजन लिम्बूबिच प्रतिष्ठाको लडाइँ बनेको थियो । विवाद चर्केपछि हाङ्गामले डीएसपी लिम्बूको परिवारकै हत्या गर्ने धम्की दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण