बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि

बिहीबार, ०५ असार २०८२, ०८ : ३७
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कोशीको पानी धरानमा ल्याउने योजनाका लागि विनियोजित ४ करोड बजेटप्रति असन्तुष्टि जनाएका छन्।
  • मेयर साम्पाङले सामाजिक सञ्जालमा श्रमदानबाटै पानी खुवाउने बताएका छन्, बजेटको रकम अपुग भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
  • संघीय सरकारले कोशीको पानी ल्याउन बजेट विनियोजन गरेपछि साम्पाङले यसअघि काठमाडौंमा गएर खानेपानी मन्त्रालयका अधिकारीहरुलाई भेटेका थिए।

काठमाडौँ । कोशीको पानी धरानमा ल्याउने योजनाका लागि ४ करोड बजेट विनियोजन भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले असन्तुष्टि पोखेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत त्यति बजेटको अर्थ नभएको भन्दै बरु श्रमदानबाटै पानी खुवाउने बताएका हुन् । 

‘कोशीको पानीको लागि ४ करोड मात्रै ? लु भो सरकार तिम्रो पैसा हाम्लाई चाहिएन ! म श्रमदानबाटै पानी खुवाउँला बरु भो ! उस्स्स्स तिम्रो योजना !’उनले बुधबार फेसबुकमा लेखेका छन् । 

खानेपानी मन्त्रालयको बजेटमा साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ ।  यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन भएको हो ।  कोशीको पानी ल्याउन संघीय सरकारले पैसा दिनुपर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए ।

त्यतिबेला उनले सिंहदरबारमा गएर सम्बन्धित मन्त्री र अधिकारीहरूलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप