वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने
सारांश
- वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म आयोजना हुने भएको छ।
- नेपाल भलिबल संघले प्रतियोगिताको मितिलाई स्वीकृति दिएको छ भने आयोजकले तयारीलाई तीव्रता दिएको छ।
- आयोजकका अनुसार, 'अब पालो महिलाको' नाराका साथ यो लिगले महिला भलिबल खेलाडीलाई व्यावसायिक प्लेटफर्म दिने लक्ष्य राखेको छ।
काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको मिति घोषणा गरिएको छ। आयोजक इन्फिनिटी ड्रीम्स प्रालिले शुक्रबर एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना हुने जानकारी दिएको हो।
नेपाल भलिबल संघले प्रतियोगिताको मितिलाई औपचारिक स्वीकृति प्रदान गरिसकेको र तयारीका कामहरू तीव्र गतिमा अघि बढाइएको आयोजकले जनाएको छ।
पहिलो संस्करणले नेपाली महिला खेलकुदमा नयाँ अध्याय सुरु गरेको बताउँदै आयोजकले दोस्रो संस्करण अझ भव्य र प्रभावशाली हुने विश्वास व्यक्त गरेको छ।
लिगकी मुख्य कार्यकारी अधिकृत स्नेभी चापागाईंले विज्ञप्तिमा भनेकी छन्, 'पहिलो संस्करणको उत्साहजनक सफलता र सबैको साथले हामीलाई हौसला मिलेको छ। दोस्रो संस्करणलाई अझ अविस्मरणीय बनाउन हामी लागिपरेका छौं र छिट्टै थप रोमाञ्चक जानकारीहरू सार्वजनिक गर्नेछौं।'
'अब पालो महिलाको' भन्ने नाराका साथ आयोजना हुन लागेको यो लिगले नेपाली महिला भलिबल खेलाडीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने र उनीहरूको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण