१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
धनगढी । १५ औँ राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम प्रदेशबाट पदक जित्ने खेलाडी तथा प्रशिक्षकहरूलाई कैलाली जिल्ला खेलकुद समितिले एक कार्यक्रमबिच सम्मान गरेको छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सहभागिता जनाई पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको हो।
कास्य (तृतीय स्थान) पदक जित्ने खेलाडीहरूलाई नगद एक हजार रुपैयाँ तथा रजत (दोस्रो स्थान) जित्नेहरूलाई नगद दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ। स्वर्ण (प्रथम स्थान) पदक जित्ने खेलाडी तथा प्रशिक्षकलाई विशेष सम्मान गरिएको हो । स्वर्ण पदक जित्ने खेलाडिलाइ तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिएकाे हाे ।
कास्य पदक विजेता खेलाडीहरू:
उस्सुः जसुका चौधरी, मिनु साउँद
कब्बडीः शान्ति बिष्ट, सृष्टि केसी
एथलेटिक्सः उषा चौधरी, सुरेश चौधरी
भलिबलः सुनिल सुतारा, गणेश साउँद
रजत पदक विजेता खेलाडीहरू:
उस्सुः योगेश चौधरी, आयुष चौधरी, ज्ञानु बिक, दिपिका चौधरी
करातेः कञ्चन बोहरा, सुरज कठायत, छत्र थापा, मनिसा बोहरा
एथलेटिक्सः विक्रम बिक
तेक्वान्दोः हरिस बोहरा,
हाइजम्पः उज्ज्वल बिक
लङजम्पः पवित्रा चौधरी
स्वर्ण पदक विजेता खेलाडीहरू:
एथलेटिक्सः विवेक चौधरी, विक्रम विष्ट, सुस्मिता चौधरी, संगिता बिक, बिकास बुढा
उस्सुः सिर्जना विक, सुशान्ता चौधरी
तेक्वान्दोः विशाल राज भट्ट, सुस्मिता बिष्ट, दिपा जोशी
छात्रा भलिबल टिमः सरिता चन्द, सानू थापा, गौरी धामी, बिमला महरा, बिपना महर, दीक्षा जोशी
छात्रा भलिबल व्यवस्थापकः प्रेम राज जोशी
सम्मानित प्रशिक्षकहरू
छात्रा भलिबल प्रशिक्षक लालबहादुर बटाला
एथलेटिक्सः श्रीराम चौधरी, पदम ठक्कुला
तेक्वान्दोः रामचन्द्र जोशी
उस्सुः तेजेन्द्र देउवा
कार्यक्रममार्फत खेलाडीहरूको योगदानलाई सम्मान गर्दै सुदूरपश्चिमको खेल क्षमतालाई उजागर गर्ने प्रयास गरिएको आयोजक समितिले जनाएको छ ।
साथै कार्यक्रम कैलाली जिल्ला खेलकुद समितिमा चार वर्ष कार्यरत भएका अध्यक्ष ललित खत्रीको बिदाइ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण