इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने
सारांश
- भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न सहयोग गर्ने भएको छ।
- भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकहरूलाई उद्धार गर्ने जनाएको छ।
- इरानमा रहेका नेपाली नागरिकलाई दूतावाससँग सम्पर्क गर्न आग्रह गरिएको छ, सम्पर्कका लागि नम्बरहरू दिइएको छ।
काठमाडौँ । भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिएको हो ।
नेपालसँगै भारतले श्रीलङ्काका नागरिकहरूलाई पनि उद्धार गर्ने जानकारी दिइएको छ । दूतावासले भनेको छ, ‘नेपाल र श्रीलङ्काको सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासद्वारा सञ्चालन गरिएको उद्धार प्रयासमा अब नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई पनि समेटिने भएको छ।’
इरानमा रहेका नेपाली तथा श्रीलङ्काली नागरिकहरूलाई यथाशक्य चाँडो भारतीय दूतावाससँग सम्पर्क गर्न अनुरोध गरिएको छ। सम्पर्क गर्नका लागि टेलिग्राम च्यानल वा आपत्कालीन नम्बरहरू प्रयोग गर्न सकिनेछ: +९८९०१०१४४५५७, +९८९१२८१०९११५ र +९८९१२८१०९१९ ।
इरान र इजरायलबिच तनाव सुरु भएपछि इरानमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित रूपमा उद्धार गर्नका लागि ‘अपरेसन सिन्धु’ सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण