शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
नक्सालमा सम्पदा खोज यात्रा : नयाँ पुस्तालाई स्थानीय इतिहाससँग जोड्ने प्रयास ( तस्बिरहरू )
फोटोफिचर

नक्सालमा सम्पदा खोज यात्रा : नयाँ पुस्तालाई स्थानीय इतिहाससँग जोड्ने प्रयास ( तस्बिरहरू )

शनिबार, ०७ असार २०८२

काठमाडौँ । विश्व स्थानीयकरण दिवस को सन्दर्भ पारेर नक्सालमा ‘स्थानीय भावनाको खोज’ कार्यक्रम आयोजना गरिएको छ । दिगो विकास इन्स्टिच्युट र काठमाडौँ महानगरपालिकाको सहकार्यमा ‘ऐतिहासिक सम्पदा हाम्रो पहिचान, नक्सालको समृद्धि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यो कार्यक्रम आयोजना गरिएको हो ।

sampada (1)

कार्यक्रमको मुख्य उद्देश्य बालबालिका र नयाँ पुस्तालाई नक्सालको संस्कृति, इतिहास र जीवनशैलीसँग नजिक बनाउनु आयोजकले बताएका छन् । खोज यात्राको क्रममा बालबालिकाले मन्दिर, डबली, ढुंगेधारा, बहाल जस्ता सम्पदा स्थलहरू अवलोकन गरेका छन्। यस क्रममा सडकलाई कक्षाकोठा र खेलमैदानको रूपमा प्रयोग गरिनेछ, जसले सिकाइ रमाइलो र अनुभवजन्य बनाउने आयोजकले जनाएका छन्।

sampada (2)

यस पहलले बालबालिकामा स्थानप्रतिको गर्व, जिज्ञासा र अपनत्व बढाउने अपेक्षा गरिएको छ। समुदायसँग परामर्श गर्दै भविष्यमा सम्पदाको संरक्षण र विकास कसरी गर्न सकिन्छ भन्ने सामूहिक सोच तयार गर्ने प्रयास पनि हो।

sampada (3)

दिगो विकास इन्स्टिच्युट र काठमाडौँ महानगरपालिकाले यसअघि हाडीगाउँमा सफल प्रयोग गरेका थिए। अब नक्साल र जयबागेश्वरीमा पनि त्यस्तै सामुदायिक रूपान्तरणका सम्भावनामा काम भइरहेको छ। भविष्यमा अन्य सम्पदा क्षेत्रहरूमा पनि यस्ता रचनात्मक कार्यक्रमहरू विस्तार गरिनेछ।

sampada (4)sampada (5)sampada (6)sampada (7)sampada (8)sampada (9)sampada (10)sampada (11)sampada (12)sampada (13)sampada (14)sampada (15)sampada (16)

तस्बिरहरू : मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया