रास्वपा सांसद नेपालीको प्रश्न : मानव तस्करहरू सधैँ उन्मुक्त किन हुन्छन् ?
सारांश
- रास्वपा सांसद शिव नेपालीले भिजिट भिसाको नाममा मानव तस्करीमा राज्यकै संरक्षण रहेको आरोप लगाए।
- उनले मानव तस्करहरूलाई सरकारले संरक्षण गरेको र छानबिन नगरेको भन्दै प्रश्न उठाए।
- सांसद नेपालीले मानव तस्करी मानवताको अपमान भएको र छानबिन समिति गठनको माग गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले राज्य संरक्षकहरूकै मिलोमतोमा भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद नेपालीले सक्रिय मानव तस्कर र्याकेटलाई राज्यले संरक्षण गरिरहेको आरोप लगाए । उनले मानव तस्करीजस्तो जघन्य अपराधमा सरकार निरन्तर मौन रहेको टिप्पणी गर्दै के जनताको मुद्दा उठाउनु अपराध हो ? भन्दै प्रश्न गरे । उनले मानव तस्करी केवल कानुनी अपराध मात्र नभई मानवताको गम्भीर अपमानसमेत भएको टिप्पणी गर्दै छानबिन समिति गठन गर्न माग गरे ।
उनले भने, ‘सभामुख महोदय के जनताको मुद्दा उठाउनु अपराध हो ? सरकारहरू फेरिन्छन्, मन्त्रीहरू फेरिन्छन् तर मानव तस्करहरू सधैँ उन्मुक्त किन हुन्छन् ? मानव तस्करजस्तो जघन्य र अन्तर्राष्ट्रिय अपराध आज विकराल रूपमा उजागर भएको छ । भिजिट भिसाको नाममा मानव तस्कर गर्नु अपराध मात्र होइन यो मानवताको घोर अपमान हो । यो र्याकेट नेपालभित्रै बसेर राज्यको संरक्षणमा सञ्चालित देखिन्छ । यस्तो अपराधमा पनि दुई ठुला दलको सरकार किन मौन छ सभामुख महोदय । यो सरकारको अपराधी गिरोहसँग कुनै साँठगाँठ त छैन ?’
राष्ट्रिय स्वतन्त्र पार्टीले विगत गत १३ जेठदेखि भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण