चर्चिललाई ग्लोब समिट २०२५ मा दुई सम्मान
मङ्गलबार, १० असार २०८२, १२ : ५०
काठमाडौँ । अस्ट्रेलियामा गैर आवासीय नेपालीको लगानीमा सञ्चालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसनले दुई वटा विधामा सम्मान प्राप्त गरेको छ ।
थाइल्याण्डको फुकेटस्थित र्याडिसन रिसोर्ट एन्ड सुइट्समा सम्पन्न ‘ग्लोब समिट, २०२५’ मा चर्चिल इन्स्टिच्युटले उत्कृष्ट सम्मेलन पत्र र उत्कृष्ट प्रस्तुतीकरण विधामा उक्त सम्मान प्राप्त गरेको चर्चिल इन्स्टिच्युटका निर्देशक सागर लोहनीले बताए ।
‘ग्लोबल लिडरसिप इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट’ शीर्षकमा आयोजित दोस्रो संस्करणको ग्लोब समिट यही जुन २१ देखि २३ सम्म आयोजना भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण