शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

खोला तथा नदी तटमा नबसी सुरक्षित हुन रसुवा प्रशासनकाे अनुरोध

बुधबार, ११ असार २०८२, १७ : ५०
बुधबार, ११ असार २०८२

सारांश

  • रसुवा जिल्ला प्रशासनले चिनियाँ क्षेत्रमा भारी वर्षाका कारण नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।
  • केरुङलगायतका क्षेत्रमा भारी वर्षा भएकाले भोटेकोसी नदीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ।
  • मौसमविद्को पूर्वानुमान र सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले खोला किनारका बासिन्दालाई सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

रसुवा । चिनियाँ भूभाग तिब्ब्ततर्फ भारी वर्षा भइरहेकाले रसुवास्थित नदी तथा खोलाको किनारमा बस्ने स्थानीय बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले उत्तरी क्षेत्र केरूङलगायत चिनियाँ भूभागमा भारी वर्षा भइरहेकाले नेपालतर्फ स्थानीय भोटेकोसी नदीसहित अन्य खोलातटमा बस्ने बासिन्दालाई आफ्नो जिउधनको सुरक्षा अपनाउन अनुरोध गरेको हो ।  

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिब्बततर्फका चिनियाँ समकक्षीले केरुङ आसपासका भूभागमा भारी वर्षा भइरहेको भनी सजगकता अपनाउन अनुरोध गरेको र तिब्बत हुँदै नेपालतर्फ बग्ने केरुङ र ल्हेन्दे खोला मिसिएपछि भोटेकोसीका रुपमा परिचित नदीको पानीको बहाव अहिले बढिरहेकाले सचेत र सजग भइदिन स्थानीय बासिन्दासमक्ष अनुरोध गरिएको स्पष्ट पारे ।

यसैगरी मौसमविद्ले पनि हिमाली जिल्ला रसुवालगायत आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भनी जानकारी गराहेका सन्दर्भमा सम्भावित जोखिमबाट बच्ने उपाय अपनाउन विशेषगरी स्थानीय नदी तथा खोलातटका बासिन्दासँग अनुरोध गरिएको स्थानीय प्रशासनले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप