सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

फिल्म ‘घोस्टेल’ निर्माण घोषणा

बिहीबार, १२ असार २०८२, १२ : २६
बिहीबार, १२ असार २०८२

सारांश

  • अनन्या फिल्म्सले 'घोस्टेल' नामक फिल्म निर्माण गर्ने घोषणा गरेको छ।
  • सार्वजनिक पोस्टरले फिल्म हरर कमेडी विधामा बन्ने संकेत गर्छ, जसमा 'जब त्रासले हाँसो भेट्छ' लेखिएको छ।
  • सरोज न्यौपाने र सुयोग गुरुङको सहकार्यमा बन्ने फिल्मलाई सुरज सुनुवारले निर्देशन गर्नेछन्।

काठमाडौँ । फिल्म ‘घोस्टेल’ निर्माण घोषणा गरिएको छ ।  अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मको  थीम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । फिल्म सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् ।

सार्वजनिक पोस्टरमा ‘जब त्रासले हाँसो भेट्छ’ लेखिएको छ । जसले यो फिल्म हरर कमेडी जनरामा तयार हुने संकेत गर्छ । सन् २०२६ मा सार्वजनिक प्रदर्शनमा ल्याउने लक्ष्य रहेको फिल्मको ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केहि जानकारी दिएको छैन ।

न्यौपानेसँग फिल्म निर्माणमा सुयोग गुरुङले सहकार्य गरेका छन् । फिल्मको कथा सुयोग गुरुङको नै हो । ‘जेरी अन टप’ निर्माता न्यौपाने र निर्देशक गुरुङ उक्त फिल्मको छायाङ्कन सकाएसँगै एकसाथ नयाँ फिल्म निर्माणमा जुटेका हुन् ।

फिल्मलाई सुरज सुनुवारले निर्देशन गर्नेछन् । यसअघि ‘षडङ्ग’ फिल्म निर्देशन गरेका सुनुवारको पछिल्लो फिल्म ‘खजुरे ब्रो’ गतवर्ष प्रदर्शनमा आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप