११ महिनामा राजस्व चुहावटतर्फ १६० जना प्रतिवादीविरुद्ध मुद्दा दायर
सारांश
- राजस्व अनुसन्धान विभागले ११ महिनामा १६० जना विरुद्ध ४८ वटा अभियोगपत्र दायर गरेको छ।
- विभागले ५ अर्ब १९ करोड रुपैयाँ बराबरको मागदावी सहित उच्च अदालतमा अभियोगपत्र दायर गरेको छ।
- भन्सार चोरी पैठारी, ढुवानीमा अनियमितता र मूल्याङ्कनमा गडबडीमा विभागले कारबाही गरेको छ।
ललितपुर । राजस्व अनुसन्धान विभागले ११ महिनाको अवधिमा १६० जना प्रतिवादीहरुविरुद्ध ४८ वटा अभियोगपत्र दायर गरेको छ। महानिर्देशक चण्डी प्रसाद घिमिरेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजस्व चुहावट नियन्त्रणका क्रममा सो मुद्दा दायर गरिएको जानकारी दिए । घिमिरेले भने १० महिना विभागमा महानिर्देशकको कार्यकाल पूरा गरेका छन् ।
उनका अनुसार विभागले आ.व.२०८१/८२ को जेठ मसान्तसम्म ५ अर्ब १९ करोड रुपैयाँ बराबरको मागदावी सहित उच्च अदालतमा अभियोगपत्र दायर गरेको छ। योमध्ये २ अर्ब ५९ करोड रुपैयाँ विगो र सोही बराबरको जरिवाना समावेश छ।
भन्सार चोरी पैठारी, ट्रान्सपोर्टमार्फत ढुवानी भएका सामग्रीहरूमा अनियमितता, मूल्याङ्कन र वर्गीकरणमा गडबडीजस्ता विषयमा गरिएको आकस्मिक निरीक्षणबाट १ अर्ब १६ करोड रुपैयाँ धरौटी माग गरिएको छ। धरौटी रकममध्ये ५५ करोड १८ लाख रुपैयाँ आन्तरिक राजस्व तथा भन्सार विभागमा असुल गर्न लेखी पठाइएको विभागले जनाएको छ।
विभागले अनुसन्धान र तहकिकातका क्रममा पूर्ण रूपमा तथ्यमा आधारित सूचनाको स्क्रिनिङ गर्दै वस्तुनिष्ठ र तथ्यमा आधारित प्रक्रिया अपनाउँदै आएको जनाएको छ। यसैगरी विदेशी विनिमय अपचलनसम्बन्धी अनुसन्धानमा १६१ जना प्रतिवादीविरुद्ध ११७ वटा मुद्दा दायर गरिएकाले ५ अर्ब रुपैयाँभन्दा बढीको मागदावी दर्ता गरिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण