लुम्बिनी प्रदेश
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो
शुक्रबार, १३ असार २०८२, १६ : ५६
सारांश
- जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
- शुक्रबार पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
- जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता अम्बिका काफ्लेले जानकारी दिइन्।
रुपन्देही । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार सो पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता अम्बिका काफ्लेले केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी दिइन् ।
लुम्बिनी प्रदेश सांसद् काफ्लेले असफल सरकारलाई समर्थन दिइराख्नु आवश्यक नदेखेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताइन् ।
उनले रातोपाटीसँग संवाद गर्दै भनिन्,लुम्बिनी सरकार चौतर्फी रुपमा असफल भइसक्यो । फेलियर सरकारलाई समर्थन गरिराख्नु उचित नभएपछि समर्थन फिर्ता लिएका हौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण