एक महिने उत्पादन अभियानमा सहभागी हुँदै महासचिव विप्लव
सारांश
- नेपाल कम्युनिस्ट पार्टीले 'आत्मनिर्भर देश' बनाउने लक्ष्यका साथ एक महिने उत्पादन अभियान सुरु गरेको छ।
- पार्टीका नेता-कार्यकर्ताहरू खेतबारीदेखि खलियानसम्म सक्रिय भई साउन १० गतेसम्म चल्ने अभियानमा सहभागी छन्।
- पार्टीले देशभर १२० बिघा जग्गा भाडामा लिएर विभिन्न खेती गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ‘आत्मनिर्भर देश’को लक्ष्यका साथ देशभर एक महिने उत्पादन अभियानलाई तीव्रता दिएको छ। असार १० गतेबाट सुरु भएको यो अभियान आगामी साउन १० गतेसम्म चल्नेगरी पार्टीका सबै तहका नेता–कार्यकर्ताहरू खेतबारीदेखि खलियानसम्म सक्रिय रूपमा संलग्न गराएको हो ।
‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता–कार्यकर्ता’ हुँदै ‘आत्मनिर्भर देश’ बनाउने लक्ष्य पार्टीको रहेको महासचिव नेत्रविक्रम चन्द विप्लवले बताए । ‘हामी यस अभियानलाई पार्टीको आन्तरिक आत्मनिर्भरताका साथै समग्र देश र जनतालाई आत्मनिर्भर बनाउने बृहत्तर लक्ष्यका साथ अगाडि बढाइएको छ । यो केवल पार्टीको मात्र नभई, देश र जनताको साझा अभियान हो, जसको मूल लक्ष्य देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाई नेपाली जनतालाई स्वाभिमानी र स्वाधीन जीवनयापन गर्न सक्ने बनाउनु हो’, रातोपाटीसँग उनले भने– ‘आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता–कार्यकर्ताको वैचारिक जग निर्माण गरी यसलाई व्यवहारमा उतारेको केही समय भइसकेको छ। यसकै निरन्तरता स्वरूप, वर्तमान उत्पादन अभियानलाई अझ सशक्त बनाइएको छ। पार्टीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको नेतृत्वमा देशभरका नेता–कार्यकर्ताहरू उत्साहका साथ यस अभियानमा होमिएका छन्।’
गत वर्षको अनुभवलाई आधार मान्दै, यस वर्ष ५० प्रतिशतले बढी उत्पादन हुने आकलन गरिएको उनले बताए । गतवर्ष नै खाद्यान्नमा लगभग आत्मनिर्भर भइसकेकोले, यस वर्ष उपभोक्तासम्म धेरै परिमाणमा उत्पादन पुर्याउन सकिने विप्लवले विश्वास व्यक्त गरे ।
उनी आफैँ पनि विगतदेखि नै कृषि उत्पादनमा सक्रिय रूपमा सहभागी हुँदै आएका छन् । अर्घाखाँचीको मान्द्रेमा अकबरे खुर्सानी खेती, जुम्लामा स्याउ खेती र भेडा पालन लगायतका अभियानमा प्रत्यक्ष संलग्न भइरहेका छन् ।
पार्टीले देशभर करिब १२० बिघा जग्गा भाडामा लिएर विभिन्न किसिमका खेतीहरू गरिरहेको छ। जुम्ला लगायत हिमाली भेगमा स्याउ खेती, पहाडी भेगमा फलफूल र तरकारी खेती र तराईमा धान तथा गहुँ खेतीलाई प्राथमिकता दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण