बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

‘यानीमाया’बाट फिल्ममा डेब्यु गर्दै अञ्जना

सोमबार, १६ असार २०८२, १४ : ४०
सोमबार, १६ असार २०८२

काठमाडौँ । विगत एक दशकदेखि मोडलिङमा सक्रिय मोडल अञ्जना पुन फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।

फिल्म ‘यानीमाया’बाट उनले अभिनयमा डेब्यु गर्न लागेकी हुन् । 

फिल्मको निर्माण अभिनेता पल शाहले आफ्नो ब्यानर ‘पल शाह फिल्मस’बाट गर्न लागेका हुन् । पलले पनि यसै फिल्ममार्फत निर्माणमा हात बढाउन लागेका हुन् । 

अञ्जना एक स्थापित मोडेल हुन् । उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’मा सहभागी हुँदै उपाधिसमेत हात पारेकी थिइन् । उनी गत वर्षकी ‘मिस नेपाल’ प्रतियोगी पनि हुन् । जसमा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ उपाधि जित्न सफल भएकी थिइन् ।

मोडलिङमा उनले ‘बधाई तिमीलाई’, ‘ना छोएर यौवन काटियो’, ‘मायालाई पाको पात’, ‘आगो लाग्यो’, ‘१०० प्रतिशत सही हो’, र ‘आँखैले बोलन’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् । यीमध्ये केही गीतको भिडियोमा उनको जोडी पल शाह नै छन् । 

विकास सुवेदीको लेखन तथा निर्देशन फिल्म पारिवारिक कथामा निर्माण हुन लागेको हो । साउनबाट छायांकन सुरु हुने फिल्म बागलुङको ढोरपाटन र हङकङका रमणीय स्थानमा खिचिनेछ । फिल्म निर्माणमा पललाई चन्द्रज्योति आलेले सहकार्य गर्दैछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप