हिमाल छिचोल्दै सिचुवान, २१ तस्बिरमा हेर्नुहोस्
सिचुवान (चीन)– मंगलबार काठमाडौंबाट चीनको सिचुवानस्थित सुंग्लिउ विमानस्थलका लागि उडेको एयर चाइनाको विमानले नेपालको हिमश्रृंखलालाई देब्रे बनाएर उड्दै गर्दा जहाजमा सवार यात्रुहरु एकाएक रोमाञ्चित बनिहाले । काठमाडौंको धूलो, धुँवा र कोलाहाल वातावरण देखे–भोगेका यात्रु मनमोहक हिमश्रृंखला देख्न पाउँदा रोमाञ्चक हुनु स्वाभाविक पनि हो ।
त्रिभुवन विमानस्थल भएर चीनको लागि उड्ने विमानबाट नेपालका मनोरम हिमश्रृंखलाका साथै चीनको ल्हासा र सो क्षेत्रका मनोरम पठारहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ ।
यस्तै विमानबाट देखिने तिब्बती भूमिमा रहेका हिमताल पर्यटकलाई लोभ्याउने अर्को खुराक हो ।
करीब ३ घण्टाको हवाई यात्रा पूरै मनमोहक हिमश्रृंखला छिचोलेर सिंलिउ विमानस्थल पुगिन्छ । जसमा नेपालीपछि चीनको ल्हासाका भूभाग पर्दछन् ।
विश्वको सबैभन्दा उचाइँमा अबस्थित रहेको शहर हो, ल्हासा । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी शहर ल्हासा तीन हजार ४९० मिटर उचाइँमा रहेको छ ।
गोफेल हिमालको काखमा रहेको यो सहर बौद्ध धर्माबलम्बीको पवित्र शहर पनि हो । यहाँका पोतला र नोर्बुहिङ पुराना र चर्चित दरबार विश्व सम्पदा सूचीमा परेका छन् ।
चीनको पर्यटनका लागि यो महत्वपूर्ण एक गन्तव्यस्थल बनेको छ ।
यही महत्वपूर्ण भूमि छिचोल्दै पुगिन्छ, सिचुवान प्राप्त । सुन्दर भौगोलिक बनावट, प्राकृतिक स्रोत र साधनले भरिपूर्ण प्राप्त सिचुवानमा तिब्बती, ई र क्वाङ समूहदायका मानिसहरुको बाहुल्यता रहेको छ । सिचुवानको जनसंख्या ९१.३७ मिलियन रहेको डिपार्टमेन्ट अफ फरिगन एण्ड ओभर्सिज चाइनिज एफेयर्स, सिचुवानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण